शेयर कारोबार बढ्यो


काठमाडौ, २४ असार ।  शेयर बजारमा कारोबार रकम उल्लेख्य बढेपनि नेप्से सूचकांक केही घटेको छ। आइतबार कारोबार सुरु भएदेखिनै बढ्न थालेको शेयर बजार ३० मिनेटसम्ममा १६.४० अंकले बढेको थियो।

त्यसपछिको २५ मिनेट मै बजार १२२.९२ मै सिमित भयो। तीब्र उतारचढावका बीच अन्तिमसम्ममा नेप्से सूचकमा ०.०२ अंकले गिरावट भयो। नेप्से सूचक घटेपनि सेन्सेटिभ तर्फ भने ०.२७ अंकले बृद्धि भएको छ।

बुधवार र बिहीबार सुधार देखिएको बजारमा आइतबार पनि कारोबार रकममा उल्लेख्य सुधार हुँदा ४८ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ। ‍

नेपाल राष्ट्र बैंकले मार्जिन लोनकालागि केही सहुलियत दिने गरी मौद्रिक नीतिमा व्यवस्था गर्न लागेकोले बजारमा केही सपोर्ट गरेपनि अन्य आधार अझै तयार नभएको बजार विश्लेषक निरञ्जन टिवरेवाला बताउँछन्।

प्रतिक्रिया दिनुहोस्