आइपीएलमा खेल्नु भनेको नेपाललाई चिनाउने मौकाः क्रिकेटर सन्दिप लामिछाने


काठमाडौ, ८ जेठ । नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछाने भारतबाट आज स्वदेश फर्किएका छन । उनलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमास्थलमा शुभचिन्तकको भिड लागेको छ । लामिछानेले आइपिएलमा आफुले खेल्नु भनेको नेपाललाई चिनाउने मौका भएको बताए । उनले इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली डेयरडेविल्सबाट खेलेका हुन ।
दिल्ली डेयर डेविल्सले नेपाली रुपियाँ ३२ लाखमा उनलाई अनुबन्धित गरेको हो।
सन्दिप आईपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

प्रतिक्रिया दिनुहोस्