आईएनजीओले लुकाए एक खर्ब दुई अर्ब


काठमाडौं, २४ साउन । सामाजिक सेवाका नाममा भित्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरुले पछिल्लो ३ वर्षमा १ खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेका छन् ।

सरकारलाई जानकारी नै नदिई उनीहरुले आव २०७२–०७३ देखि २०७४–०७५ को अवधिमा १ खर्ब १ अर्ब ८४ करोड ६५ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुमा लुकाएको फेला परेको छ ।

सरकारलाई गलत खर्च विवरण देखाएर आईएनजीओले २८ वटा वाणिज्य बैंकमा २९ हजार ८ सय ६० वटा खातामार्फत रकम मनोमानी गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
अपचलन भएको रकम चालु आव २०७६–०७७ का लागि विनियोजित बजेटको करिब ७ प्रतिशत र गत आवको बजेटको ८ प्रतिशत हुन आउँछ ।

समाज कल्याण परिषद्बाट आईएनजीओले ३ वर्षमा ५८ अर्ब ५८ करोड ६२ लाख ८९ हजार रुपैयाँ बराबरको परियोजना सञ्चालन स्वीकृति लिएको महहालेखा परीक्षकको तथ्यांकमा उल्लेख छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्