आईपीएल खेलेर फर्किए लगत्तै सन्दीपले पाउने भए कार उपहार


काठमाडौ, ९ जेठ । इण्डियन प्रिमियर लिग खेलेर फर्किएलगत्तै युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाउने भएका छन् ।
टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिन लागेको हो । कारको सबै मूल्य कम्पनीले दिनेछ ।
१७ वर्षका सन्दीप हालै मात्र आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्