आगामी निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने एमालेको उद्घोष 

२ भाद्र । नेकपा (एमाले)ले आगामी निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने दाबी गरेको छ । एमाले मुख्यालयमा जारी बैठकमा एमालेले यस्तो दाबी गरेको हो ।

‘पार्टीको आन्तरिक मामिलामा भएका केही कमजोरीहरुलाई महशुस गर्दै त्यसलाई पार्टीको आन्तरिक समिक्षाको विषयका रुपमा बुझ्दै पार्टीलाई अझ बढी सुदृढ र एकताबद्ध बनाउनुपर्ने कुरामा आज धारणा राख्ने कमरेडहरुले जोड दिनुभयो,’ बैठकपछि एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै, पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले निर्दिष्ट गरेका विचार, नीति तथा संगठनात्मक व्यवस्थापनतर्फ प्रभावकारी कदम चाल्दै आगामी चुनावी प्रतिस्पर्धामा बहुमत सहितको पहिलो पार्टी बनाउने अठोट समेत बैठकमा प्रकट भएको छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा जारी बैठकमा विगत कामहरुको समिक्षा, पार्टीले नेतृत्व गरेको सरकारको समिक्षा, आगामी निर्वाचन, पार्टीका आगामी कार्यभार, पार्टीको आन्तरिक जीवन लगायतका विषयमा समिक्षात्मक धारणा राख्ने क्रम आज पनि जारी रहेको भट्टराईले जानकारी दिए ।

बैठकमा उपमहासचिव घनश्याम भुषाल, सचिव पृथ्वीसुब्बा गुरुङ, अुनशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, नेताहरु केशब बडाल, किरण गुरुङ र सत्यनारायण मण्डलले आफ्ना धारणा राखेका थिए ।

बैठकमा प्रधानमन्त्री रहँदा ओलीले खेलेको भूमिकाको पनि प्रशंसा गरिएको थियो । ‘संविधान निर्माण लगत्तै संविधानको कार्यान्वयन, मुलुकले व्यहोर्नु परेको अनपेक्षित नाकाबन्दी, मुलुकको तराई क्षेत्रमा देखिएका तनाव, कतिपय प्रतिकुल भूू–राजनीतिक अवस्थाका बीचमा हाम्रो पार्टी अध्यक्षको नेतृत्वमा बनेको सरकारले उपरोक्त प्रतिकुल परिस्थितिलाई सामान्यीकरण गर्दै जननिर्वाचनको माध्यमबाट संवैधानिक तथा लोकतान्त्रिक स्थायित्व कायम गर्ने दिशामा महत्वपूर्ण सफलता हासिल गरेको कुरा बैठकमा महशुस गरियो,’ विज्ञप्तिमा भनिएको छ, राष्ट्रिय स्वाभिमानलाई उच्च बनाउँदै चौतर्फी विकासको माध्यमबाट समतामूलक तथा न्यायमूलक समृद्धि हासिल गर्ने दिशामा उक्त सरकारले सकारात्मक पलहकदमी लिएकोमा बैठकले गर्वबोध गरेको छ ।’

बैठक भोली अपरान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

‘साथै, पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले निर्दिष्ट गरेका विचार, नीति तथा संगठनात्मक व्यवस्थापनतर्फ प्रभावकारी कदम चाल्दै आगामी चुनावी प्रतिस्पर्धामा बहुमत सहितको पहिलो पार्टी बनाउने अठोट समेत बैठकमा प्रकट भएको छ ।’

प्रतिक्रिया दिनुहोस्