आचारसंहिता विपरीत काम नगर्न सरकारलाई एमालेको सुझाव


१० फागुन । वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयको नेकपा (एमाले)ले स्वागत गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सोमबार साँझ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको थियो । निर्वाचनको घोषणापछि एमाले मुख्यालय धुम्वाराहीमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले सरकारको निर्णयको स्वागत गरेको एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराइृले जानकारी दिए ।

‘सरकारले निर्वाचनको मिति घोषणा गरेर सकारात्मक काम गरेको छ,’ वैठकको निर्णयबारे जानकारी दिदैँ भट्टराईले पहिलो न्युज डटकमसँग भने, ‘चुनावको मिति घोषणा सकारात्मक छ । अब सरकारले विश्वासिलो वातावरण बनाउनुपर्छ ।’ त्य

सैगरी बैठकले सबै राजनीतिक दलालई चुनावी प्रक्रियामा भाग लिन पनि आग्रह गरेको छ । बैठकले निर्वाचनका लागि आवश्यक ऐन कानुन बनाउन र निर्वाचनलाई प्रभावित हुने गरी नियुक्ति तथा सरुवा बढुवा नगर्न आग्रह गरेको पनि भट्टराईले जानकारी दिए ।

‘आचारसंहिता विपरीत काम नगर्न पनि हामीले सरकारको ध्यानाकर्षण गराएका छौँ,’ भट्टराईले भने, ‘निर्वाचन मिति घोषणा भएको छ । अब सरकारले गञ्जागोल अवस्था सिर्जना गर्नुहुँदैन । त्यो भयो भने निर्वाचन नै नहुने खतरा हुन्छ ।’
बैठकले संविधान संशोधन विधेयक अघि नबढाउन र स्थानीय तहको संख्या नबढाउन पनि सरकारको पुनः ध्यानाकर्षण गराएको भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्