आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा


काठमाडौ, २५ वैशाख । हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने भएको छ । आफैले आफैलाई गोलि हान्न लगाएको आरोपमा आचार्य सोमबार पक्राउ परेका थिए । तर, के मुद्दा लगाउने भन्ने तय भएको थिएन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवम् एसपी अरुण बीसीले आचार्यलाई हात हतियार तथा खरखजाना मुद्दा चलाइने बताए । उनका अनुसार अचार्यलाई म्याद थपका लागि आजै जिल्ला अदालत लगिँदैछ ।
गोली काण्डमा प्रक्राउ परेका माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई भने ज्यान मार्ने उद्योग मुद्दा चलाइएको छ । चौधरी आचार्यका अंगरक्षक हुन् र उनले नै गोली हानेका थिए भने अधिकारीले हतियार व्यवस्थापन गरेका थिए ।
आचार्यको योजनाअनुसार आफूले गोली हानेको बयान चौधरीले दिएका छन् ।
प्रहरी हिरासतमा रहेका आचार्यले भने बोल्न नमानेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्