आजबाट तातोपानी नाका खुल्ने


काठमाडौं, १२ कात्तिक । नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण असोज २० गतेदेखि बन्द भएको तातोपानी नाका आज (बुधबार)देखि सञ्चालनमा आउने भएको छ ।

चिनियाँ अधिकारीहरुबाट आजदेखि नेपाली भन्सार यार्डसम्म सामान पठाउन सुरु गर्ने जानकारी प्राप्त भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । ‘साँझसम्म तातोपानीमा चीनतर्फबाट सामान ल्याइदिने जानकारी ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले हामीलाई गराएको छ,’ प्रमुख जिल्ला अधिारी ढकालले भने ।

प्रतिक्रिया दिनुहोस्