आज धुम्बाराहीमा नेकपा सचिवालय बैठक


काठमाडौं, १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ ।  सचिवालय बैठक आज दिउँसो एक बजे धुम्बाराहीमा बस्ने तय भएको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण बालुवाटारमा स्थायी कमिटी र सचिवालयको बैठक बस्दै आए पनि मंसिर १३ को सचिवालय बैठकले आज धुम्बाराहीमा बैठक बस्ने तय गरेको हो । आजको बैठकमा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेश गरेका डकुमेन्टहरुमाथि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्