आज बस्ने नेकपा सचिवालय बैठकमा यी विषयमा हुँदैछ छलफल


काठमाडौ, २१ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।
दिउसो पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा पछिल्लो समय पार्टीमा देखिएको असन्तुष्टि साथै सरकारका कामको समिक्षा लगायतका विषयमा छलफलका हुने एक नेताले बताए ।
यस अघि अशोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश पदाधिकारीको टुंगो लगाएको थियो । तर, उक्त बैठकको निर्णयलाई लिएर बरिष्ठ नेता माधवकुमार नेपाल र अर्का सदस्य नारायणकाजी श्रेष्ठको असन्तुष्टि रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्