आज बिजोर सवारी साधन मात्र सञ्चालन


काठमाडौ, १३ भदौ । विम्स्टेक सम्मेलनमा ट्राफिक व्यवस्थापन सहज बनाउन काठमाडौं उपत्यकाका सबै सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली लागू भएको छ।
चार पाङ्ग्रे निजी तथा सार्वजनिक सवारी साधनमा मात्र नभएर दुई पाङ्ग्रे मोटरसाइकलमा समेत यो नियम लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी नवराज लम्सालले बताए।

आज, भोलि र पर्सि उपत्यकाभित्र चल्ने सम्पूर्ण निजी तथा भाडाका सवारी साधनमा ट्राफिक प्रहरीले जोर बिजोर प्रणाली लागू गर्ने भएको हो।
नियम अनुसार आज विजोर सवारी साधन मात्र चल्न पाउने छन्।

प्रतिक्रिया दिनुहोस्