आज वरिष्ठ नेता नेपालद्वारा मनोज–झपेन्द्र स्मृति भवन उद्घाटन हुने


१९ कात्तिक । नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा शुक्रबार दिउँसो नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सो भवनको नाम कर्मचारी आन्दोलनका क्रममा सहिद भएका मनोज र झपेन्द्रको नाम समेटेर ‘सहिद मनोज–झपेन्द्र स्मृति केन्द्रीय भवन’ राखिने भएको छ ।

शुक्रबार दिउँसो ३ बजे बबरमहलस्थित संगठनको नयाँ भवनको उद्घाटन एमाले वरिष्ठ नेता नेपालद्वारा हुने संगठनका अध्यक्ष मोहन घिमिरेले जानकारी दिनुभयो ।

केही वर्षअघि नै सरकारले संगठनको भवन बनाउनका लागि बबरमहलमा १ रोपनी जग्गा उपलब्ध गराएको थियो । जग्गा उपलब्ध भएपछि उक्त भवनको निर्माण कार्य ३ वर्षअघि नै सुरु भएको थियो । ३ तले सो भवन निर्माण गर्न १ करोड ८५ लाख रुपियाँ खर्च भएको संगठनका वरिष्ठ उपाध्यक्ष केदारप्रसाद देवकोटाले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्