आत्महत्या गर्नुअघि पत्रकार पुडासैनीले डोरी किनेको सीसीटीभीमा देखियो


चितवन,२ भदौ । आत्महत्या गर्नुअघि पत्रकार शालिकराम पुडासैनीले एउटा पसलमा डोरी किनेको सीसीटीभी फुटेजमा देखिएको छ । पत्रकार पुडासैनीले चितवनको होलसेल पसलमा ५ मिटर डोरी किनेको प्रहरीले अनुसन्धानको क्रममा सीसीटीभीको सहायताले पत्ता लगाएको हो ।

नारायणगढ बसपार्कमा रहेको एक पसलबाट पुडासैनीले डोरी किनेको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको पाइएको हो । पुडासैनीले चितवनको श्रेष्ठ पसलबाट डोरी किनेको भिडियो प्रहरीले फेला पारेको हो ।

पसलमा काम गर्ने कामदारले पाँच मिटरको डोरी नापेर पुडासैनीलाई दिएको दृश्य भिडियोमा भेटिएको हो । सीसीटीभीमा कैद भएको भिडियो प्रहरीले अनुसन्धानका लागि लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्