आधा दर्जन मन्त्री लिएर प्रधानमन्त्री प्रचण्ड सेनाको मुख्यालयमा


१७ असोज ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाको मुख्यालय जङ्गी अड्डा पुगेका छन् । समसामयिक विषय तथा नेपाली सेना सम्बन्धी जानकारी लिने उद्धेश्यले प्रधानमन्त्री प्रचण्डले जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली सेनाले राष्ट्रिय स्तरमा गरेको प्रकृति संरक्षण, विकास निर्माण तथा विपद् व्यवस्थापन जस्ता कार्यको प्रशंसा गरेका थिए । उनले अन्तर्राष्ट्रिय क्षेत्रमा विश्व शान्ति स्थापनार्थ गरेको कामको पनि प्रशंसा गरेका थिए ।

‘नेपाली सेनालाई साधन–श्रोत सम्पन्न बनाई सुदृढ एवम् थप क्षमतावान बनाउन नेपाल सरकारले पूर्ण सहयोग गर्नेछ,’ उनले भने ‘नेपाली सेना राज्यको अन्तिम शक्तिको रुपमा रहेको हुँदा आइपर्न सक्ने जस्तोसुकै चुनौतिहरुलाई पनि सामना गर्न सक्ने गरी तयार रहनु पर्छ ।’  सेनाले महाभूकम्पमा नेपाली सेनाले पु¥याएको योगदानको पनि चर्चा गरेका थिए ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, ऊर्जामन्त्री जनार्दन शर्मा, रक्षामन्त्री बालकृष्ण खाँड, वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारी, नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदी, रक्षा सचिव श्रीधर सापकोटा, प्रधानमन्त्री कार्यालय तथा रक्षा मन्त्रालयका पदाधिकारीहरु पनि सेनाको मुख्यालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्