आन्ध्रप्रदेशस्थित विजयनगमा रेल दुर्घटना, ३२ को मृत्यु


९ माघ । भारतमा रेल दुर्घटना भएको छ । भारतको आन्ध्रप्रदेशस्थित विजयनगमा रेल दुर्घटना हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्ययमहरुले जानकारी दिएका छन् भने ५० बढी गम्भीर घाइते भएका छन् ।

हिराखण्ड एक्सप्रेसको रेल कुनेरी स्टेशननजिकै दुर्घटनामा परेको थियो । रेलको ८ वटा डिब्बा लिकबाट बाहिर गएको छ । दुर्घटनामा थुपै मानिस घाइते भएका छन् ।

मृतकको संख्या बढ्ने आशंका रहेको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेनद्र मोदीले पनि ट्वीट गर्दै मृतकप्रति समवेदना प्रकट गरेका छन् भने घाइतेको शीघ्र उपचार गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्