आफुले आफैलाई गोली हान्न लगाएको खुलसापछि धर्मगुरु आचार्य श्रीनिवास पक्राउ


काठमाडौ, २४ वैशाख । आफुले आफैलाई गोली हान्न लगाएको अभियोगमा हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन्। मोरङ प्रहरीको टोलीले श्रीनिवासलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको हो।
धर्मगुरू श्रीनिवास आफैंले गोली हान्न लगाएको खुलेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान्त थापाले बताए।
आचार्यमाथि चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह लगाउन पुगेका श्रीनिवासमाथि गोली प्रहार भएको थियो। तर, अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई पक्राउ गरिएको हो।डिएसपी थापाका अनुसार गोली प्रहारमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका थिए ।
बिहिबार मोरङ प्रहरीले माधव चौधरी र लक्ष्मी अधिकारीलाई पक्राउ गरेको थियो। उनीहरुले धर्मगुरू आफैंले आफूहरूलाई गोली हान्न लगाएको बयान दिएपछि उनलाई पक्राउ गरेको हो।
नेपाललाई धर्मनिरेपक्ष राष्ट्र घोषण विरुद्ध आन्दोलन गर्ने धार्मिक अगुवा मध्येका एक हुन् श्रीनिवास आचार्य।आचार्य बैदिक सनातन हिन्दु जागरण अभियानका संरक्षक पनि हुन्। सुनसरीको प्रकाशपुर आश्रममा बस्ने आचार्य २०७२ साल साउनमा हिन्दु राष्ट्र घोषणा हुनुपर्छ भन्दै सुरु भएको आन्दोलनमा इटहरीबाट प्रहरीको गिरफ्तारीमा परेका थिए।

प्रतिक्रिया दिनुहोस्