आफैले कारबाट ओरालेका बालकलाई फोनमा कुरा गर्दा आफैले किचेको पत्तै पाएनन


काठमाडौ, १० वैशाख । गाडी चलाउने बेला फोनमा कुरा गर्दा नसोचेको घटना घट्छ । यो कुरा थाहा हुँदा हुँदै पनि धेरैले वास्ता गर्दैनन । आखिर घटना भएपछि त पश्चाताप गरेर सुधार्न सकिदैन । त्यसका लागि गल्ती हुनुभन्दा अगाडि नै सचेत हुनु उत्तम । तर यो कुरा थाहा हुँदा हुँदै पनि कतिपय सवारी चालकहरु फोनमा कुरा गर्दै सवारी हाक्छन । यसले अकल्पनीय क्षति हुन्छ । यस्तै भएको छ भारतमा पनि । गाडी चलाइरहेका व्यक्तिले तीन वर्षका बच्चालाई गाडीबाट ओराल्छन् । त्यसपछि बच्चा गाडीबाट निस्किएर आफ्नो घरतिर अघि बढ्छन। तर ती बच्चालाई गाडीले किच्छ । गाडीले बच्चालाई केही परसम्म घिसारेको पनि सिसिटिभी फुटेजमा देख्न सकिन्छ । यसबारे गाडी चलाउने व्यक्तिलाई तत्काल थाहा हुँदैन किनभने उनी फोनमा कुरा गरिरहका थिए ।बच्चालाई गाडीबाट ओरालेपछि उनलाई बाटो क्रस नगराई उनी फोनमा नै व्यस्त हुन्छन । बच्चालाई गाडीले किचेपछि वरिपरिका मानिसहरु होहल्ला गर्छन् । त्यसपछि गाडी चलाउने व्यक्ति आउँछन् र बच्चालाई लिएर अस्पताल जान्छन् । भिडियोमा बच्चा रगताम्मे भएको देख्न सकिन्छ । गाडी चलाउने व्यक्ति ती बच्चाको बुवाको साथी बताइन्छ । जसको नाम आस मोहम्मद हुन् । बच्चाको नाम गुलाम हो । पुलिसका अनुसार बच्चाको बुवाको आग्रहमा नै आस मोहम्मदले उनलाई घरसम्म पुर्याएका थिए । तर फोनमा कुरा गरिरहेका कारण उनीबाट यस्तो दुर्घटना हुन पुग्यो । दुर्घटनापछि बच्चालाई दीपचन्द बन्धु अस्पतालमा भर्ना गरिएको छ । उनको स्थिती गम्भीर भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्