आफ्नै ‘एयरपोर्ट’मा लुटिएका मन्त्रीको कथा


१३ असार । गत शनिवार राती नेपाल टेलिभिजनबाट प्रशारण भएको ‘सीधा प्रश्न प्रधानमन्त्रीसँग’ कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलसँग सीधै कुराकानी गरे । त्यसक्रममा मन्त्री पोखरेलले विमानस्थलमा निकै सुधार भएको उल्लेख गर्न कुनै कसर बाँकी राखेनन् । तर, सरकारकै एक मन्त्रीको यो कथाले स्पष्ट पार्दछ, हाम्रो विमानस्थलको अवस्था । 
प्रसंग हो, युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलको । आफ्नै देशको विमानस्थलमा आफू कसरी लुटिएँ भन्नेबारेमा उनले पहिलो न्युजलाई विस्तृतमा बताएका छन् । बाँकी उनकै शब्दमाः

‘एन्टी डोपिङ’ सम्बन्धी कार्यक्रममा भाग लिन गत जेठ १६ गते बेलुकी ८ बजे म कतार एयरवेजमार्फत कतार गएको थिएँ । म कतार पुग्दा मलाई स्वागत गर्न कतारका लागि कार्यबाहक नेपाली राजदूत र कतार सरकारका कर्मचारी आउनुभएको थियो । उहाँहरूले मलाई विमानस्थलबाट एउटा होटलमा लैजानुभयो । राती लगभग २ बज्न लागेको थियो । होटलमा आधा घण्टा जति गफ ग¥यौँ ।

हामी गफगाफमै रहेका बेला लगेज आइपुग्यो । सुत्नुप¥यो भनेर कपडा फेर्न खोज्दा आफूले लगाएको कोटको खल्तीबाट साँचो झिकेर सुटकेस खोल्न गएँ । तर, सुटकेसमा ताल्चा नै रहेनछ । सुटकेस नै फोडिएको थियो ।

म मधुमेहको रोगी भएकाले त्यसको इन्सुलिन लगाउनु पर्थ्या। त्यसैले जहाँ जाँदा पनि छुटाउने कुरै भएन । सुटेकसमा भएको इन्सुलिनका इन्जेक्सन पनि बटारेर बाङ्गो बनाइएको थियो । झोलामा एउटा क्यामेरा थियो । त्यसको खोल त्यहीँ छाडिएको थियो, क्यामेरा र चार्जर थिएन ।
राती के गर्ने ? कसलाई भन्ने ? कपडाहरू झिकिएको थिएन, बदलेर सुतेँ ।

विहान बैठक थियो । मन्त्रीसहित त्यहाँ ३५ देशका प्रतिनिधिहरू थिए । हाम्रा कार्यबाहक राजदूत पनि त्यहाँ आइपुग्नुभयो । मैले सुटकेस फोडिएको कुरा उहाँलाई जानकारी गराएँ । उहाँले कतार सरकारको परराष्ट्र हेर्ने निकाय र कतार एयरवेजलाई अवगत गराउनुभयो ।

कतारका मित्ररुले यस कुरालाई गम्भीरतापूर्वक लिए । आफूले निम्तो गरेर बोलाएको एउटा देशको मन्त्रीको ब्यागेज फुटेको र त्यसबाट सामान चोरी भएको कुरालाई गम्भीर रूपमा लिने नै भए । उनीहरूले दुई दिनसम्म अनुसन्धान गरे । अनुसन्धानपछि उनीहरूले भने– ‘हामीले सुरक्षा चाँज गर्दा त्यस्ता केही अबैध सामग्री छन् भने लगेज नै ‘सिज’ गर्छौं र जुन यात्रीको हो उसैलाई बोलाउँछौं । खोल्नुपरेमा पनि उसको सामुन्नेमा खोल्छौं र लगेज अबैध रहेछ भने ‘सिज’ गरेर सम्बन्धित व्यक्तिलाई कार्वाही गर्छौ । त्यसैले तपाईंको ब्यागेज फोड्ने काम यहाँ भएको होइन ।’

अन्तिममा उनीहरू त्यो ब्यागेज काठमाडौमै फुटेको निष्कर्षमा पुगे । बास्तवमा म कतार प्रस्थान गर्ने बेलामा मेरा सहयोगीले सुरक्षा जाँचका लागि सुटेकस दिएर लोडरहरूले विमानसम्म पुर्याउँदाको बीचमा नै सबै गोलमाल भएको रहेछ ।

अन्तिममा उनीहरू त्यो ब्यागेज काठमाडौमै फुटेको निष्कर्षमा पुगे । बास्तवमा म कतार प्रस्थान गर्ने बेलामा मेरा सहयोगीले सुरक्षा जाँचका लागि सुटेकस दिएर लोडरहरूले विमानसम्म पुर्याउँदाको बीचमा नै सबै गोलमाल भएको रहेछ ।

म मन्त्री भएको हुनाले कतारबाट फर्केपछि पनि मिडियामा जान उचित ठानिनँ । त्यसको तीन–चार दिनपछि मन्त्रिपरिषद्को बैठक बस्यो । बैठकमा मैले कुरा राखेँ । प्रधानमन्त्रीका साथै सबै मन्त्रीहरूले यसलाई गम्भीरतापुर्वक लिनुभयो ।

बैठकमा स्वास्थ्यमन्त्री रामजनम चौधरीले पनि आफ्नो त्यस्तै कथा सुनाउनुभयो । दुई महिनाअघि एउटा कार्यक्रममा भाग लिन जेनेभा जाँदा उहाँको ब्यागेज पनि फोडिएको रहेछ । तर, खासै क्षति नभएको हुनाले उहाँले कुरा नगर्नु भएको रहेछ ।

मन्त्रिपरिषद् बैठकले त्यो घटनाको छानबिन गर्ने निर्णय गर्यो । त्यो बैठकमा संस्कृति तथा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल हुनुहुन्नथ्यो ।

केही दिनअघि मुख्यसचिव र पर्यटन सचिवले फोन गरेर पर्यटन मन्त्रालयले त्यो घटनाको छानबिन गर्न समिति गठन गरेको बताउनुभएको थियो । तर, नेपालको कर्मचारीतन्त्र यही हो, यसले कस्तो छानबिन गर्ला ? मलाई यिनीहरू सही ठाउँमा पुग्लान भन्नेमा विश्वास छैन । मुलुक र मुलुकको प्रतिष्ठाप्रति यहाँका राष्ट्रसेवकहरू धेरै नै उदासीन छन् ।

केही दिनअघि मुख्यसचिव र पर्यटन सचिवले फोन गरेर पर्यटन मन्त्रालयले त्यो घटनाको छानबिन गर्न समिति गठन गरेको बताउनुभएको थियो । तर, नेपालको कर्मचारीतन्त्र यही हो, यसले कस्तो छानबिन गर्ला ? मलाई यिनीहरू सही ठाउँमा पुग्लान भन्नेमा विश्वास छैन । मुलुक र मुलुकको प्रतिष्ठाप्रति यहाँका राष्ट्रसेवकहरू धेरै नै उदासीन छन् ।

एउटा बहालवाला मन्त्री, भिआइपीका साथमा यस्तो व्यवहार हुन्छ भने साधारण जनतासँग कस्तो व्यवहार होला ? कतारका लागि कार्यबाहक राजदूतले भन्नुहुन्थ्यो– ‘कतारबाट छुट्टीमा आएर फर्किने कामदारले त्यहाँ पुगेपछि उनीहरूमाथि हुने व्यवहारका बारेमा दिनमा छ–सातवटा गुनासो गरेकै हुन्छन् ।’

तपाईंलाई यही सन्दर्भमा कर्मचारीतन्त्रको अर्को एउटा घटना पनि सुनाऊँ ।

जुन दिन कतार जाने तय थियो, त्यस दिन जानेबेलासम्म पनि म जाऊँ कि नजाऊँ भन्ने दोधारमै थिए । नजाऊँ, उनीहरूको निम्तो स्वीकार गरेर एक–डेढ महिनाअघि नै कन्फर्मेसन पठाइसकिएको थियो । मन्त्रिपरिषद्ले जेठ १३ गते नै भ्रमण स्वीकृत गरिसकेको थियो, जुन बैठकमा म थिइनँ ।

कतार जाँदा मलाई मन्त्रालयका कर्मचारीहरुले एक पैसा खर्च दिएनन् । जुन दिन म कतार गएँ, त्यो दिन ‍जेठ १६ मा प्रधानमन्त्री– ११ र मुख्यसचिव– ११ बीच मैत्रीपूर्ण फुटबल थियो । विभागीय मन्त्रीका नाताले म त्यो खेल खेलाउनतिर लागेँ ।

बेलुका ६ बजेतिर निवास फर्कें । त्यतिवेला मेरो निजी सचिवले कर्मचारीको हवाला दिदै कोष तथा लेखा नियन्त्रक कार्यालय –कोलेनिकाले पैसा निकासा नदिएको कुरा जानकारी गराए । मेरो साथमा जम्मा १०–२० हजार रूपियाँ छ, त्यति पैसा लिएर जाऊँ कसरी जाऊँ ? त्यही पैसा लिएर जान पनि त्यति राती डलर साट्न कहाँ जाऊँ ? म त्यत्तिकै एक पैसा पनि नलिई कतार गएँ ।

अनि मेरो हराएको क्यामरा कसरी फेला पर्ला र ?

प्रतिक्रिया दिनुहोस्