आफ्नो सम्मान सय करोड हिन्दुस्तानीको सम्मान भएको मोदीको भनाई


जनकपुर, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफुलाई गरेको सम्मान हजारौ वर्षदेखिको सम्बन्धको निरन्तरता भएको बताएका छन । उनले जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको स्वागतका लागि आभार प्रकट गरेका छन् ।
प्रधानमन्त्री ओलीको स्वागत लगतै उनले जानकी मन्दिरमा विशेष पूजाअर्चना गरे ।
लगतै जनकपुर अयोध्या बस सेवा सुरु गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गरे । उनले नेपाली समकक्षी केपी शर्मा ओलीलाई ‘मेरे भाइसाब’ भन्दै आफ्नो स्वागतका लागि जनकपुर आएकोमा खुसी व्यक्त गरे ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत बस सेवाको संयुक्त रूपमा शुभारम्भ गरेका छन्।
जनकपुरमा शुक्रबार आयोजित कार्यक्रममा दुवै प्रधानमन्त्रीले हातमा हरियो झण्डा लिएर बस सेवा सुरू गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्