आयुष्मानसँग औँठी साटिन प्रियंकाले


प्रेममा रहेका जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरेका छन् । शनिबार सामान्य पारिवारिक जमघटबीच दुवैले औँठी साटेका हु्न् ।

आफूहरुबीचको प्रेम सार्वजनिक गरेका दुवैले अन्तत जीवनसाथीकारुपमा अघि बढ्ने निर्णय लिएका हुन् । इन्गेजमेन्ट कार्यक्रममा कार्की र जोशी परिवारका सदस्य सहभागी थिए ।

आयुष्मानकी बैंकर आमा रविना देशराजले इन्स्टाग्राममा पोस्ट गरेका तस्बिरले दुईबीच इन्गेजमेन्ट भएको खुलेको थियो । उनले इन्स्टाग्राममा तस्बिर हाल्दै आफ्नी भावी बुहारी र छोरालाई बधाई शुभकामना दिइन् ।

पारिवारिक जमघटमा इन्गेजमेन्ट गरेका यी दुईबीचको बिहेको मितिको भने टुंगो लागेको छैन। यद्यपि प्रिय‌ंकाले आगामी वैशाखसम्ममा बिहे हुने कुरा सञ्चारमाध्यममा बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्