आरआरमा मतदान सकियो, १२ सय ७६ मत खस्यो


१५ चैत । कालदेखि नै अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियनमा एकछत्र नेतृत्व गर्दै आएको रत्नराज्य लक्ष्मी क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ ।

मनोनयन दर्ता गरे पनि अन्तिम समयमा आएर निर्वाचन विथोल्ने गरी अखिल क्रान्तिकारीले पेट्रोल बम हान्ने, प्रहरीमाथि ढुंगा–मुढा गर्ने जस्ता हर्कत गरे पनि निर्वाचन विना अवरोध सम्पन्न भएको अनेरास्ववियुले जानकारी दिएको छ । विहान आठ बजेबाट सुरु मतदानमा १२ सय ७६ जनाले मत खसालेका छन् ।

‘पाँच बजेवाट मतदान सकियो,’ अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माले भने, ‘अब आठ बजेवाट मतगतणा सुरु हुन्छ ।’ मतदान सकिएपछि अहिले क्याम्पस वरीपरी सयौँ विद्यार्थीहरु नाचगान गरेर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्