आरकेका दर्जन संस्मरणः केपीलाई जेलमा बचाएँ, सिपी गुटका सर्जक


सिपीका मनपर्ने कुरा
२०३० सालमा मेरो गिरफ्तारीपछि सिपी राजनीतिबाट पलायन हुनसक्थे, या जागीरतिर लाग्न सक्थे । तिनताका पञ्चायती दमनमा उनीसँगैका साथीहरुमध्ये कोही मारिए, कोही जेल परेका थिए । त्यस्तो कठीन स्थितिमा सिपी एक्लै हिम्मतका साथ अघि बढे । कोअर्डिनेशन केन्द्र हुँदै नेकपा माले पार्टी गठन गरे ।

झापा बिद्रोहलाई आन्दोलनको रुप दिए । यो त मलाई मात्रै मनपर्ने कुरा होइन, नेपालको राजनीति र वामपन्थी आन्दोलनलाई सिपीले लगाएको ठूलो गुण पनि हो, त्यो । २०२९ देखि २०३७ सम्मको उनको त्यो भूमिकाले नेपालको वामपन्थी आन्दोलन स्वर्णिम धारमा अघि बढेको हो । आज कम्युनिष्ट आन्दोलन पहिलो शक्तिका साथ लोकप्रिय ठाउँसम्म ल्याइपु¥याउनुमा उनको योगदानलाई कहिल्यै भूल्न सकिन्न ।

झापा आन्दोलन चर्किरहँदा पुष्पलाल बाहिर (भारत), मनमोहन सानो समूह चलाउँदै थिए, खासमा त्यो उनको बसीखाने मेलो मात्रै थियो । काठमाडौंमा सिद्धीलाल, शम्भुरामहरुको पनि बसिबियाँलो गर्ने मात्रै कमिटी थियो । सबै निष्कृय रहेका बेला पूर्वदेखि पश्चिमसम्म युवाहरुको जोशिलो टिम बनाउने काम झापा बिद्रोहले ग¥यो र त्यसको नेतृत्व सिपीले नै गरे ।

२०३० सालमा मेरो गिरफ्तारीपछि सिपी राजनीतिबाट पलायन हुनसक्थे, या जागीरतिर लाग्न सक्थे । त्यस्तो कठीन स्थितिमा सिपी एक्लै हिम्मतका साथ अघि बढे । कोअर्डिनेशन केन्द्र हुँदै नेकपा माले पार्टी गठन गरे ।

सिपी कम्युनिष्ट आन्दोलनमा गुटका सर्जक

उनले राजनीतिलाई अलीअलि परिमार्जन त गरे तर आफ्नो चिन्तनलाई त्यसअनुरुप कहिल्यै परिमार्जन गर्न सकेनन् । मैले बोलेका कुरा सबै ठीक भन्ने ठम्याईमा रहने, सानातिना कुरामा लक्कड–झक्कड गरिरहने, कुनै विषय पुनरावलोकन गर्नुपर्ने स्थिति आउँदा ठूलै समस्या ठानिहाल्ने कमजोरी उनमा देखियो । राजनीति आन्तरिक र बाह्य परिस्थिति अनुसार चलायमान हुन्छ । २/४ महिनामै कार्यदिशा र विचारमा ‘रिभ्यू’ गर्नुपर्ने हुन्छ । झापाको उग्रवामपन्थी बिद्रोहबाट जनआन्दोलनमा जान हामीले चिन्तन, कार्यदिशा बदल्यौं तर सिपीले त्यसलाई सहज मानेनन् ।

पछि धेरै साथीहरु झापा बिद्रोहभन्दा बाहिरबाट आए । उनीहरुमा झापा बिद्रोहको ‘स्प्रिट’ थिएन । झापा बिद्रोह उग्र गतिविधिको केन्द्र हो भन्ने पूर्वाग्रह थियो । तर, सिपीमा भने उनीहरुले ‘झापा विद्रोह’ जस्तो कुनै बिद्रोह नै गरेका छैनन् भन्ने सोचाई देखियो । यी दुईबीच अन्र्तद्वन्द्व चर्किदाँ सिपीले आफूलाई ‘करेक्सन’ गर्न सकेनन् । उनी अहिले पनि माले जस्तो सानो पार्टीमा पनि सबै कार्यकर्तालाई आफ्नो ठान्दैनन् । त्यसभित्रै आफ्नो छुट्टै गुट चलाउँछन् । एमालेमा केपी ओली अध्यक्ष छन् । केन्द्रीय कमिटीका १ सय ८५ सबै पार्टीकै कार्यकर्ता हुन् भन्ने केपी मान्दैनन् । माधव पनि त्यस्तै ठान्छन् । यसखालको सोचको सृष्टिकर्ता सिपी नै हुन् । पार्टीभित्रको ‘ग्रुपिजम्’मा सानो गुटलाई मात्रै क्रान्तिकारी धारको अगुवा ठान्ने सोचको सुरुवात सिपीले नै गरे । त्यसलाई अरुले पनि पछ्याउँदै गए ।

ईश्वर र प्रदिपले एक्ल्याए सिपीलाई

पाचौं महाधिवेशनमा पुग्दा नपुग्दै सिपीमा त्यस्तो संकीर्ण चिन्तन विकास गराउनमा प्रदिप नेपाल, ईश्वर पोखरेलको ठूलो भूमिका रह्यो । जब सिपी परिमार्जन नै हुन नसक्ने स्थितिमा पुगे, महासचिवबाट उनी हटिसकेको त्यो परिस्थितिमा अलग्गै झुण्ड बन्यो, अन्ततः सिपी एक्लिदैं गए । त्यही झुण्डले पाचौं महाधिवेशनमा पुग्दा मदन भण्डारीलाई सिपीको खिलाफमा अघि सा¥यो । त्यतिबेलासम्ममा सिपीमा जो महासचिव बन्छ, उसकै बिरुद्ध जाने चिन्तन देखा परिसकेको थियो । अन्ततः मदनले नचाहँदा नचाहँदै उनलाई सिपी बिरोधी क्याम्पको नेता बनाइयो । दासढुंगा हत्याकाण्डपछि माधव नेपाल महासचिव बने । पार्टीभित्र सुरुमा गुटबन्दी निष्कृय थियो तर माधवले नेतृत्व सम्हालेपछि चिन्तनगत बहाव कमजोर बन्यो । यसरी वैचारिक छलफल कम, प्राविधिक काम बढी हुँदै जाँदा माधवलाई ‘मलाई उछिन्छन् कि १’ भन्ने लाग्यो र पार्टीभित्र फेरि गुटबन्दी बढ्न थाल्यो । सिपीकै जस्तो गुट उनले पनि समाते ।

एमालेमा केपी ओली अध्यक्ष छन् । केन्द्रीय कमिटीका १ सय ८५ सबै पार्टीकै कार्यकर्ता हुन् भन्ने केपी मान्दैनन् । माधव पनि त्यस्तै ठान्छन् । यसखालको सोचको सृष्टिकर्ता सिपी नै हुन् ।

भाईको कारवाही फुकुवा गर्न मेरो पहल

केपी र म दुवै जेलबाट छुटेपछि २०४५ सालमा धादिङमा केन्द्रिय कमिटी बैठक बस्यो । केन्द्रीय कमिटीबाट समेत कारवाहीमा परेका सिपी त्यतिबेला प्रवासमा थिए । हामी दुवै केन्द्रीय कमिटीमा मनोनित भएपछि मैले केपीलाई भने–सिपी मेरो आफ्नै भाई प¥यो, तिमी पहल गर, सिपीको लफडा हटाऊँ र मिलेर जाऊँ ।’ पार्टीले केपी रहेको एक सदस्यीय आयोग बनाई महासचिव, पोलिटब्यूरो, केन्द्रीय कमिटीबाट सिपीलाई हटाउँदा पार्टी र उनका के–के कमजोरी रहे समीक्षात्मक प्रतिवेदन पेश गर्ने जिम्मेवारी दियो । २०४६ सालमा सिरहामा सम्पन्न चौथो महाधिवेशनमा केपीले प्रतिवेदन बुझाए । महाधिवेशनले बहुमत गुमाएको कारण सिपीलाई महासचिवबाट हटाउनु त ठीकै थियो तर पोलिटब्यूरो र केन्द्रीय कमिटीबाट हटाउनु गलत थियो भन्ने ठहर ग¥यो । त्यसपछि त्यही भदौबाट सिपी पुनः केन्द्रीय सदस्य र ५ सदस्यीय पोलिटब्यूरोमा चुनिए ।

मेरा कुरा सिपीले कहिल्यै खाएनन्

सिपीले गुटबन्दीलाई संस्थागत रुप दिए, माधव–केपीले पछ्याए । एमालेलाई यतिबेला माधव र केपीको गुटले सताएको छ । खासमा अहिले एमाले छैन । कि केपी–एमाले, कि माधव–एमाले छ । यसको अपजसको भार सिपीले नै भोग्नुपर्छ । त्यत्रो बिद्रोको नेतृत्व गर्दै प्रमुख नेताका रुपमा उदाएका सिपीले पार्टीलाई एक ढिक्का बनाउन सक्नुपथ्र्यो । विचारमा फरक छौं होला तर सबै एउटै पार्टीका हौं भन्ने भावना हुनुपथ्र्यो ।

सच्चिन आग्रह गर्दै यो कुरा पाचौं महाधिवेशनपछि मैले सिपीलाई धेरै पटक भनेको छु । तिनताका उनले नौलो जनवादका विचार अघि सारे तर महाधिवेशनमा पराजित भयो । ५ वर्षसम्म लाईन छोड, ५ वर्ष पुगेपछि फेरि ल्याऊ भन्दा उनले मान्दै मानेन् । उल्टै जेएनसँग मिलेर ‘जवज’ भनेको त दक्ष प्रजापतिको टाउको जस्तो हो भन्दै भाषण गर्दै हिँडे । महाधिवेशनमै गुटबन्दी बिसाइदिएको भए नेपालको कम्युनिष्ट आन्दोलनको सायद ‘मोडल’ नै अर्को हुन्थ्यो होला । यसबारे मैले धेरै पटक कुरा गर्दा सिपीले टेरेनन् ।cp

मनमोहन प्रधानमन्त्री हुँदा सिपीको अराजकता

२०५१ सालमा मनमोहन अधिकारीले नेतृत्व गरेको सरकार सिपी स्थानीय विकास मन्त्री थिए । २०/२५ जनाको आफ्नो झुण्डलाई राख्नेगरी मन्त्रालयमातहत एउटा परिषद् बनाउने प्रस्ताव क्याबिनेटमा लगे ।

१४ अञ्चलमा चौध वटै कमिटी र केन्द्रमा संयोजक रहेको निर्देशन समिति बनाएर मन्त्रालयको रेखदेख गर्ने त्यो प्रस्तावलाई अन्य साथीहरुले क्याबिनेटमा मानेनन् । क्याविनेटले अस्वीकार गरेपछि मन्त्रालयबाटै आफैले उनले निर्णय गरे र प्रेसमार्फत सार्वजनिक गर्दै भाषण गरे । प्रधानमन्त्री र मन्त्रीहरुले क्याबिनेटले अस्वीकार गरेको निर्णय गर्न मिल्दैन भनेपछि सिपीले जसरी पनि लागू गर्छु भन्दै वक्तव्य दिए ।

त्यतिबेला दरबार वलियो थियो । क्याविनेटले एउटा निर्णय गर्ने, मन्त्रीले खिलाफमा बोल्ने यो क्याबिनेट ‘सिस्टम’ भएन भन्दै राजाले प्रधानमन्त्रीलाई सोधे ।

त्यतिबेला दरबार वलियो थियो । क्याविनेटले एउटा निर्णय गर्ने, मन्त्रीले खिलाफमा बोल्ने यो क्याबिनेट ‘सिस्टम’ भएन भन्दै राजाले प्रधानमन्त्रीलाई सोधे । सिपीलाई प्रधानमन्त्रीले बोलाएर ‘क्याबिनेट सिस्टम थाहा थिएन ?’ भन्दै फिर्ता लेऊ भनेर अनेक प्रयत्न गर्नुभो । तर, उनले प्रधानमन्त्रीलाई नै भेट्न मानेनन् । पछि बीचैमा बर्खास्तगीमा परे । त्यो कुरा अहिले पनि सिपी ठीक गरेको थिएँ भन्छन् । तर क्याबिनेट पद्दति त्यस्तो हुँदैनथ्यो ।

कमिटीमा लगे देश फेर्ने नीति बनाउँथे

पार्टी फुटाउने कुरामा माधवले मेरो एक नम्बर भूमिका रह्यो भन्ने ठाने । त्यो ममाथिको ठूलो अन्याय हो । त्यतिबेला एक नम्बर भूमिका त सिपी र वामदेवकै थियो । म त उनीहरुको तेस्रो नम्बरको सहयोगी मात्रै हुँ । किनकी मैले कहिल्यै गुट गर्न जानिन । झापा बिद्रोहहुँदै यत्रो ठूलो पार्टी बनाइयो । बुढेसकालमा १० जनाको पार्टी बनाएर देश हाँक्न सकिन्छ भन्ने मलाई कहिले विश्वास नै भएन र छैन । चित्रहादुर र नारायमानको जस्तो सानो पार्टी बनाएर दुहुनो गाई बनाउने कुरा बेग्लै हो । बरु म निष्कृय बस्न तयार छु तर त्यस्तो राजनीतिक पाप कहिल्यै गरिन र गर्दिनँ । बरु त्यसै बसेको छु । एमालेमा लगेर पनि कुनै जिम्मेवारी दिएका छैनन् । मेरो बिग्रने पनि केही छैन । स्थायी कमिटीमा लगेर जिम्मेवारी दिइएको भए धेरै काम गर्न सक्थे । राष्ट्र कसरी बनाउने भन्ने योजना नै बनाउँथे । केपी ओलीले उप–प्रधानमन्त्री नै बनाउँछु भने पनि मलाई चाहिएको छैन ।

पार्टीमा लैजाने क्रममा केपी ओलीका दुवै बुढा–बुढी दुई–तीन पटकसम्म मेरो घरमा आए । केपीले त ‘यो पार्टी तेरो हो, तँ पार्टीको नेता, म तेरो कार्यकर्ता, अनि म अध्यक्ष हुँदा तँ बाहिर बस्ने ?’ भन्दै बुरुक–बुरुक उफ्रिए । बालकोट घरमा बोलाएर पनि त्यही भने ।

केपी उफ्रिए–कार्यकर्ता अध्यक्ष हुँदा बाहिर बस्ने ?

पार्टीमा लैजाने क्रममा केपी ओलीका दुवै बुढा–बुढी दुई–तीन पटकसम्म मेरो घरमा आए । केपीले त ‘यो पार्टी तेरो हो, तँ पार्टीको नेता, म तेरो कार्यकर्ता, अनि म अध्यक्ष हुँदा तँ बाहिर बस्ने ?’ भन्दै बुरुक–बुरुक उफ्रिए । बालकोट घरमा बोलाएर पनि त्यही भने । मैले १२ वर्ष जति बाहिर बसेँ, मेरो बुद्धीले राजालाई सहयोग गर्दा देशको हीत गर्न सकिन्छ कि ठम्याएँ । तर राजा नै मूर्ख फेला पारेँ, मबाट त्यो गल्ती भो दशौं पटक भनिसकेँ । फेरि केन्द्रीय सदस्य भएर बस्न मन छैन त्यसकारण यसै ठीक छ भनेको थिएँ । जवाफमा उनले भने–यति कुरा पनि पत्याउँदैनस्, स्थायी कमिटीमा ल्याउँछु । केन्द्रीय कमिटी बैठकमा जान्छु, हाजिर गर्छु । १ सय ८५ जनाको केन्द्रीय कमिटीमा के बोल्नु ? समूहगत छलफलमा बोल्न थाल्यो कि गुटबन्दी सुरु भइहाल्छ । त्यसकारण म बैठकमा पुरै सहभागी भएको छैन ।

एमालेसँग मिल्न सिपी मानेनन्

सिपीसँग भेटघाट सामान्य हुन्छ । पहिले–पहिले आउजाऊ बढी हुन्थ्यो । उनको अलग पार्टी छ । मलाई बोलाउने कुरा भएन । दसैं तिहार जस्ता चाडपर्वमा भाइकोे घर जानै परेन । उनले पनि त्यति धेरै चासो राख्दैनन्, बाहिर भेट्दा शिष्टाचार राख्छन् । खासै आत्मीयता र वैरभाव दुवै छैन । त्यति राजनीतिक कुरा हुँदैन । सिपीलाई एमालेमा आऊ भन्दा मेरै यो दुर्दशा छ । घुमाउरो कुरामा उसले तपाईंकै बेहाल छ भनिसकेको छ । उसले राजनीतिक रुपमा के गरौं, कसो गरौं भन्दैन, म आफैं जान्ने भएर भन्न मिल्दैन । २०६४ सालमा सिपीको दलले ९ सिट सभासद् जित्यो । मैले भाई एमालेमै फर्केऊ भनेँ तर उनले मानेनन् । तर अचम्म लाग्छ, हिजो केपीको नेतृत्वलाई सकारात्मक रुपमा कहिल्यै नर्हेने एउटै क्याबिनेटमा उपप्रधानमन्त्री छन् । अहिले जाने मुडमा छन् कि छैनन् थाहा छैन ।

केपी जेलमा बिरामी हुँदा कैयन पटक बोकेर उठाएँ, प्रहरीको कुटाई निको बनाउन तेल लाइदिएँ । सायद १ म नभएको भए बाँच्दैन थिए कि १ तर प्रधानमन्त्री भएर ठूलो मान्छे भएकाले होला त्यति लामो समय बिरामी पर्दा पनि भेट्न आएनन् ।

जेलमा म नभएको भए केपी बाँच्दैनथे

डेढ महिनाअघि म बिरामी परेँ, करिब एक महिना अस्पताल भर्ना भएँ । अस्पतालमा बिरामी हुँदा भाई सिपी भेट्न आए । के छ, कस्तो छ अबस्था बुझे तर केपी ओली आएनन् । केपी जेलमा बिरामी हुँदा कैयन पटक बोकेर उठाएँ, प्रहरीको कुटाई निको बनाउन तेल लाइदिएँ । सायद १ म नभएको भए बाँच्दैन थिए कि १ तर प्रधानमन्त्री भएर ठूलो मान्छे भएकाले होला त्यति लामो समय बिरामी पर्दा पनि भेट्न आएनन् । भाइ भए पनि सिपीसँग भन्दा मेरो दश वर्ष जेलमा केपीसँगै बढी आत्मीयता थियो । एउटै खाटमा सुत्ने, एकै थालमा खाने गरेर बसेका थियौं । 

मैनाली नेपाल कम्युनिष्ट (माले)का संस्थापक मध्येका एक हुन् । उनी हाल नेकपा (एमाले)का केन्द्रीय सदस्य छन् । 

प्रतिक्रिया दिनुहोस्