आरोही दिकी शेर्पालाई  सम्मान


काठमाडौं १८ जेठ । सगरमाथा चढेर कीर्तिमान कायम गरेको भन्दै आरोही दिकी शेर्पालाई सम्मानगरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यमा शेर्पालाई राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरिएको हो । टुरिजम मिडिया क्लब र ट्रेकिङ गाइड एसोसिएसन (टिगान)को संयूक्त आयोजनामा भएको कीर्तिमानी आरोही दिकी शेर्पा सम्मान कार्यक्रममा सगरमाथामा फोहोर बढ्दै गएकाले सफाइमा केन्द्रितहुन मन्त्रीअधिकारीले अनुरोध गरेका छन । यसै वसन्तकालीन सिजनमा सगरमाथाको सफलआरोहण गरेकी आरोही दिकी शेर्पाको सम्मान कार्याक्रममा बोल्दै मन्त्रीअधिकारीले सगरमाथाको सफाइमा केन्द्रित हुनेपर्ने बताएका हुन् । वर्षेनी हुने आरोहणको क्रममा आरोहीले प्रयोग गरेका सामग्री सगरमाथा छोड्दा फोहोर बढेकाले आरोही दिकी शेर्पालाई समेत सफाईमा केन्द्रित हुन मन्त्री अधिकारीले अनुरोध गरेका छन । हिमालको नामबाट नेपाल चिनिएकाले हिमाल संरक्षणमा लाग्नुपर्ने धारणा उनले राखे । त्यसैगरी सांसद् यज्ञराज सुनुवारले दिकीको साहसले सम्पूर्ण नारीको शिर ठाडो बनाएको बताए । पूर्वसांसद रामहरि खतिवडाले शेर्पाले हिमाल चिनाएको र हिमालले शेर्पा चिनाएको भन्दै दिकीले चुचुरो चुम्न गरेको साहसमा बधाई दिँदै सम्पूर्ण आरोहीको कदर हुनेगरी काम गरिनु्पर्ने बताए । क्लबकी कोषाध्यक्ष समेत रहेकी दिकीले यस वसन्तकालीन सिजनमा ‘लैंगिक समानतको लागि सकरात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’नारा सहित सगरमाथाको आरोहण गरेकी थिईन् । संखुवासभामा जन्मेकी दिकीले यस अघि पनि मनास्लु लगायत आधा दर्जन हिमाल आरोहण गरेकी छिन । हाल ओखलढुंगा निवासी दिकी जिल्लाबाट सगरमाथा चढ्ने दोस्रो महिला हुन् ।

प्रतिक्रिया दिनुहोस्