आर्थिक अनुशासन उलङ्घन गरेको बजेट कार्यान्वयन हुँदैनः कांग्रेस


२९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा (एमाले) नेतृत्वको सरकारले ल्याएको बजेटले आर्थिक अनुशासन उलङ्घन गरेको आरोप लगाएको छ । कांग्रेस नेता प्रकाशमान सिंहले यस्तो आरोप लगाएका हुन् ।

कांग्रेस नागार्जुन कार्यसमितिले शनिवार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘बजेटले सस्तो लोकप्रियता कमाउनु बाहेक कार्यान्वयनको कुनै आधार छैन,’ उनले भने, ‘वर्तमान सरकार जनताप्रति जिम्मेवार छैन भन्ने कुरा उसको कार्यशैलीले नै प्रस्तुत गर्छ ।’ उनले सरकार कामभन्दा भाषणमा रमाएको पनि आरोप लगाए ।

कार्यक्रममा केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सरकारले ल्याएको बजेट प्रचारबाजी मात्र भएको आरोप लगाए । उनले पनि बजेट कार्यान्वयन हुन नसक्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्