आर्थिक वर्ष २०७३/०७४को बजेटमाथि छलफल असार ६ बाट


१ असार । आर्थिक वर्ष २०७३/ ०७४ बजेका विभिन्न शीर्षकमा यही असार ६ देखि २२ गतेसम्म छलफल हुने भएको छ ।

व्यवस्थापिका–संसद्ले बुधबार प्रकाशन गरेको बजेटसम्बन्धी छलफल कार्यक्रम अनुसार विभिन्न मन्त्रालय, सरकारी निकाय एवम् सचिवालयको विनियोजनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले असार १९ देखि २२ गतेसम्ममा दिने तय भएको छ ।

संसद् सचिवालयका अनुसार शनिबारबाहेक हरेक दिन सदन बिहान ११ः०० बजेदेखि अपराह्न १७ः०० बजेसम्म बस्ने कार्यसूची निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्