बजेटबाट निजी क्षेत्र हतोत्साहीः रिजाल


काठमाडौ, १७ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०७५/७६ को बजेट निजी क्षेत्रलाई हतोत्साही गर्ने खालको भएको बताएको छ । कांग्रेस नेता मिनेन्द्र रिजालले बजेट कार्यकर्तालाई भरणपोषण गर्ने बजेट मात्र आएको भन्दै बजेटले जनतालाई निराश बनाएको बताएका हुन ।
बजेटमाथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद रिजालले पानीजहाज चढेर हिन्द महासागर जाने योजना सम्भाव्यता अध्ययनमै सीमित रहेको भन्दै कांग्रेस सांसद रिजालले अर्थमन्त्रीले सानो स्वरमै भएपनि हठ र अहंकारले आर्थिक समृद्धिको यात्रा सम्भव छैन भनेर स्वीकार गरेको बताए । उनले जलमार्ग भन्दा पनि देशको उर्जामा ध्यान दिनुपर्ने बताए ।
मदन भण्डारी राजमार्गको कुरा गरेको तर, अघिल्लो वर्षभन्दा कम बजेट आएको भन्दै उनले भने, ‘नाम मात्र राख्न खोजेको भनेको भए हुन्थ्यो, किन झुक्याउनु ?’
यसैबीच सांसद हृदयेश त्रिपाठीले अहिले बैंकरुले मनोमानी रुपमा व्याज बढाइरहेको प्रति अर्थमन्त्रालय र राष्ट्रबैंकले ध्यान दिनुपर्ने बताए । उनले नेपाली सेनासँग काठमाडौं– निजगढ फास्ट ट्र्याक बनाउने क्षमता नै नभएको बताए। यसबारे पुनर्विचार गर्न उनले सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्