आर्थिक सूचकाङ्क सकारात्मक रहेको दाबीः मन्त्री खतिवडा


काठमाडौँ, २ असोज । अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षको दुई महिनामा अर्थतन्त्रको आर्थिक सूचकाङ्क सकारात्मक रहेको बताएका छन । नेपाल आर्थिक पत्रकार समाज सेजनले आज अर्थमन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा खतिवडाले साउन र भदौ महिनामा रु एक खर्ब २० अर्ब राजश्व जम्मा भएको तथा चालू खर्च रु ९६ अर्ब र पूँजीगत खर्च रु छ खर्ब भइसकेको बताए ।

उनका अनुसार गत वर्षको सोही अवधिभन्दा यस वर्ष ३७ प्रतिशतले राजश्व सङ्कलनमा वृद्धि भएपनि पूँजीगत खर्च भने सन्तोषजनक हुन सकेको छैन । मन्त्री खतिवडाले तरलताको अवस्था लगानीयोग्य रकम को अभाव नरहेको, पूँजी बजारमा सुधार आइरहेको करको दायरा बढ्दै गएको, कर्जाको ब्याजदरमा सुधार देखिएको जानकारी दिए ।

उनले राजश्व र आम्दानीको खर्च प्रणालीलाई पारदर्शी बनाउन विद्युतीय इ सेवा सञ्चालनमा आएको, ऊखु किसानलाई मूल्य अभिवृद्धि कर भ्याट फिर्ता गरिएको, सार्वजनिक नीति लगानीसम्बन्धी विधेयक पेश हुने तयारीमा रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्