इजरायली सेनाको आक्रमणबाट ५५ प्यालेस्टाइनी मारिए, २ हजार ७ सय घाइते


काठमाडौ, १ जेठ । गाजा क्षेत्रमा इजरायली सेनाले गोली चलाउदा ५५ जना प्यालेस्टाइनी नागरिक मारिएका छन् भने २ हजार ७ सय जना घाइते भएका छन् । अमेरिकाले इजरायलको राजधानी जेरुसेलमको विवादित ठाउँमा राजदूतावास खोलेको विरोधमा उत्रिएका प्यालेष्टाइनीमाथि इजरायली सेनाले गोली चलाएको हो । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले प्यालेष्टानी नागरिकले गरेको आक्रमणको प्रतिरक्षाका क्रममा आफ्ना सेनाले गोली चलाएको दावि गरेका छन् । प्यालेष्टाइनी अधिकारीहरुले इजरायलले आफ्नो भूमिमा आक्रमण गरेको भन्दै निन्दा गरेको छ । इजरायलको आक्रमणलाई प्यालेष्टाइनी अधिकारीहरुले नरसंहारको संज्ञा दिएका छन् । अमेरिकाले सोमबार जेरुसेलममा दूतावास खोले पछि प्यालेस्टाइनले विरोध प्रदर्शन गरेको थियो । जेरुसलेमलाई अमेरिकाले इजरायलको राजधानीको रुपमा मान्यता दिएपछि प्यालेस्टिनीले विरोध गर्दै आएका छन् । इजरायल र प्यालेस्टाइन दुवैले यो भूमिलाई आफ्नो राजधानी दावी गर्दै आएका छन् । घटनाको अन्तर्राष्ट्रिय स्तरमा व्यापक निन्दा भइरहेको छ । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले प्रदर्शनकारीमाथि इजरायली सशस्त्र फौजबाट गरिएको हिंसाको भत्र्सना गरेका छन् । दुई राज्यको मान्यताबाट समस्याको हल हुनेप्रतिको समर्थन दोर्होयाएका छन् । टर्कीका राष्ट्रपति रेजेप तथ्यीप एर्दोआनले इजरायलमाथि राज्यबाट गरिने आतङ्क र नरसंहारको आरोप लगाएका छन् । ब्रिटेनले आफ्नो सिमानाको रक्षा गर्न पाउने इजरायलको अधिकार भएको बताएको छ । तर उसलाई उच्च संयम अपनाउन आग्रह गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्