इटहरीको जितसँगै एमालेको पोल्टामा पाँच उपमहानगरपालिका, धरान पनि जित्ने निश्चित


२३ असार । दोस्रो चरणमा सात उपमहानगरपालिकामा भएको निर्वाचन मध्ये नेकपा (एमाले) एक्लैले चार उपमहानगरपालिकामा जिता हात पारेको छ ।

इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर दुबै पदमा एमालेका उम्मदेवार विजयी भएसँगै एमालेले उपमहानगरपालिकामा जितको सङ्ख्या चार पुर्याएको हो । अब धरान उपमहानगरपालिका पनि जितको नजिक पुगेको छ । योसँगै जितको सङ्ख्या पाँच पुग्ने छ । पहिलो चरणको निर्वाचनमा एक मात्र उपमहानगरपालिका हेटौँडामा पनि एमालेले जित हात पारेको छ ।

मेयर पदका लागि भएको प्रतिस्पर्धामा एमालेका द्वारिकलाल चौधरी २२ हजार ४ सय १२ मत ल्याएर विजयी बनेका हुन् । उपमेयरमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतम २२ हजार १ सय ४२ मतका साथ विजयी बनेकी छिन् ।

विजेता चौधरीका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहित प्रसाईले १९ हजार ९ सय ८५ मत पाएका छन् । त्यसैगरी उपमेयरमा कांग्रेसकी विमला ढकालले १८ हजार ३ सय ५२ मत पाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्