इतिहासले हामी सबैको अग्नि परीक्षा लिदैँछः नेकपा अध्यक्ष प्रचण्ड


काठमाडौ, २० चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले योजना बनाउँदा सुशासनको पक्षलाई ध्यान दिन जरुरी रहेको बताएका छन् । बुधबार सोल्टी होटलमा जारी राष्ट्रिय विकास परिषदको बैठकलाई सम्बोधन गर्दै उनले अब नयाँ प्रक्रिया सुरु भएको जनतालाई अनुभुति दिलाउनका लागि पनि योजना निर्माण गर्दा सुशासनको पक्षलाई ध्यान दिनुपर्नेमा जोड दिए । उनले जनशक्ति उत्पादनलाई पनि उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । परम्परागत शिक्षा प्रणालीलाई जारी राखेमा परिवर्तन संस्थागत हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले समाजमा आसा गरेको समृद्धि पनि हासिल गर्न नसकिने बताए । उनले शिक्षामा सुधार गर्न आवश्यक रहेको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘देशमा अहिले असाधरण खालको राजनीतिक परिस्थिती सिर्जना गरिएको छ, राजनीतिक रुपले जुन अराजकता, अस्थिरता र अन्यौलताको लामो चक्र पार गरेर नेपाली समाज राजनीतिक स्थिरता र स्थायित्वकोे नयाँ चरणमा आइपुगेको छ । यो एउटा ऐतिहासिक अवसर हो हाम्रो लागि । यो अवसरको सदुपयोग गर्न हामी सबै कति तत्पर र सक्षम हुन्छौँ, इतिहासले हामी सबैको अग्नि परीक्षा लिदैँछ ।’

प्रतिक्रिया दिनुहोस्