इरानबाट तेल खरिद नगर्न विश्वलाई अमेरिकी धम्की


वासिङटन, १३ असार । अमेरिकाले भारत लगायतका विश्वका सबै मुलुकलाई अमेरिकाबाट तेल खरिद नगर्नका लागि धम्की दिएको छ । अमेरिकाको विदेश मन्त्रालयका एक अधिकारीले चेतावनी दिँदै भने,“विश्वभरीका मुलुकहरुले ४ नोभेम्बरदेखि इरानबाट तेल खरिद रोक्नु वा अमेरिकाको नयाँ आर्थिक प्रतिबन्धको सामना गर्नु ।” उनने भने,“हामी कुनै पनि मुलुकलाई यसबाट छुट दिन सक्दैनौ । किनकी हाम्रो राष्ट्रिय सुरक्षा प्राथमिकतामा तेहरानलाई लगाम लगाउनु आवश्यक छ ।”
जुन कम्पनीले इरानबाट कच्चा तेलको खरिद गरेको भएपनि त्यो मुलुकले नोभेम्बर भन्दा पहिलेनै खरिद रोक्नु पर्ने ती अधिकारीले बताए । अन्यथा त्यो मुलुकले अमेरिकाको कठोर आर्थिक प्रतिबन्धको सामना गर्नुपर्ने उनले बताए । यो विषयमा अमेरिकाले युरोपेली देशका कुटनीतिज्ञसँगको बैठकमा स्पष्ट पारिसकिएको उनले बताए । यद्यपि यो विषयमा ट्रम्प प्रशासनले अहिलेसम्म पनि चीन, भारत र टर्कीसँग कुराकानी गरेको छैन ।
अमेरिकाको उद्देश्य भनेको सबै देशले इरानबाट आयात कटौती गर्ने विषयमा दबाब कायम राख्नु रहेको छ ।
यो अमेरिकी घोषणापछि तेलको मूल्यमा तीव्र रुपमा वृद्धि भएको छ । यसले ट्रम्प प्रशासनले ओबामा प्रशासनको मोडलको पालना नगरेको स्पष्ट पारेको छ । हाल तेलको मूल्य ३ वर्ष भन्दा बढी अवधिकै उच्च कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्