इसेवाको दशैँ धमाका


काठमाडौ, १८ असोज । इसेवाफोन पे प्रालिले दशैँलाई लक्षित गर्दै दशैँ धमाका नामक उपहार योजना ल्याएको छ । असोज २८ गतेसम्म सञ्चालन हुने योजनामा बम्पर, प्रथम, दोस्रो, तेस्रो, विशेष र अन्य योजना गरी ३ सय जनाभन्दा बढीले पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ । इसेवा वालेटमा बैंक तथा क्यास पोइन्टबाट एक सय वा सो भन्दा बढी रकम लोड गर्ने व्यक्ति योजनामा सहभागी हुनसक्नेछन् ।
इसेवाको बम्पर उपहारमा एक जनाले थाइल्याण्डको बैंकक यात्राका लागि सस्तो टिकटमार्फत दुईवटा हवाई टिकट प्राप्त गर्नेछन् । त्यस्तै प्रथम उपहारका बिजेताले समिट रिभर लजमा एक जोडीलाई एक रात दुई दिनको प्याकेज प्राप्त गर्न सक्नेछन् भने द्वितीय पुरस्कारमा दुई जनाले इसेवा पसलमा १० हजार बराबरको सपिङ भौचर तथा तृतीयमा तीनजनाले टाइटनको घडी जित्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्