इस्तानबुल आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो


१५ असार । इस्तानबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा भएका तीन आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या बुधबार साँझसम्म ४१ पुगेको टर्की सरकारले बताएको छ ।

सरकारी स्रोतका अनुसार घटनामा घायते भएका २३९ मध्ये १०९ जना सामान्य उपचारपछि आफ्नो घर फर्किएका छन् भने बाँकी अन्य स्थानीय अस्पतालमा उपचारत छन् ।

इस्तानबुल आक्रमणमा परी १३ जना विदेशीको मृत्यु भएका र उनीहरु साउदी अरेबिया, इराक, ट्युनिसिया, उज्वेकिस्तान, चीन, इरान, युक्रेन र जोर्डनका नागरिक रहेको टर्कीका एक अधिकारीले आफ्नो नाम गोप्य राख्ने सर्तमा बताए ।

घटनाको बुधबार मध्याह्नसम्म कसैले जिम्मेवारी नलिएको बताइएको छ ।

तर टर्कीका उच्च अधिकारीले घटनामा इस्लामिक स्टेट (आईएस) जिहादी समूहको संलग्नता रहेको आशङ्का व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्