उग्रपन्थी दलको कार्यकर्ता बन्ने भए महान्यायधिवक्ताको कुर्सीमा बस्न मिल्दैनः केपी ओली


८ चैत । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर दुईमा एमालेले भव्इ कार्यक्रम गर्ने जानकारी दिएका छन् । मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा स्वयंसेवक भूमिका निर्वाह गर्ने र सञ्चारकर्मीलाई सम्मान गर्न एमाले केन्द्रीय कार्यालयले आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी दिएका हुन् ।

‘अहिले केही आफैलाई बुद्धिजीवी घोषणा गर्नेहरुले एमालेको ज्योति तराईमा पर्यो भने सबै अध्यारा भ्रम हट्छन भनेर हल्ला गरेका छन्,’ ओलीले भने, ‘उनीहरुले हल्ला गर्दैमा एमालेको कार्यक्रम रोकिन्न । .तराइमा एमालेलाई प्रवेश नै गर्न नदिने भन्दै हल्ला गर्नेहरुलाई समेत चुनौती दिएर कार्यक्रम गर्छौ ।’

उनले अहिले एमालेले गर्दा देश अनिर्णयको बन्दी भयो भनेर कांग्रेसकै नेताले झुट कुरा गरेको भन्दै त्यस्ता झुट र बेइमान कुरा नगर्न उनले आग्रह पनि गरे । ‘

उनले महान्यायायधिवक्तालाई कुर्सीमा बसेर उग्रपन्थी दलको कार्यकर्ता जस्तो व्यवहार नगर्न पनि सुझाव दिए । ‘उग्रपन्थी दलको कार्यकर्ता बन्ने हो भने कुर्सी छाडेहुन्छ,’ उनले भने, ‘अदालतको पनि आफ्नो मर्यादा हुन्छ । कानुनी राज्यको सिद्धान्तमा नहिड्ने हो भने कुर्सीमा बस्नुको कुनै औचित्य छैन ।’ उनले आफ्नो पक्षमा निर्णय नहुने भएपछि बहस नै बहिष्कार गर्ने न्यायधिवक्ताको कार्यशैली सच्याउन पनि सरकारलाई आग्रह गरे ।

बुद्धिजीवी विग्रिए श्रीमान गम्भीर नेपाली गाउन थाल्छन्

ओलीले भने– ‘बुद्धिजीवी विग्रिए यो नेपाली शीर उचाली भन्ने गीत गाउन छाडेर श्रीमान गम्भीर नेपाली भन्न थाल्छन् । यसको कुनै अर्थ छैन ।’

प्रतिक्रिया दिनुहोस्