उदयपुरका थप ८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४० पुग्यो


काठमाडौं, ९ वैशाख :  उदयपुरका थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा ८ जनाकै प्रयोगशाला परीक्षणमा कोरोना पोजेटिभ आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीका अनुसार बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको प्रयोगशाला परीक्षणमा ८ जनामै कोरोना पोजेटिभ देखिएको हो । उनीहरु पनि उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरु नै हुन् । उनीहरु उदयपुरको त्रियुगा नगरपालिकास्थित नुरी मस्जिद र अगावैदण्दीगढि नगरपालिका ५ सिवाहीस्थित जामे मस्जिदका गएका व्यक्तिहरु हुन् । यसअघि आजै उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्