तराई मधेशमा भीषण आँधी–हुरी: उद्धारमा गम्भीर हुन प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी ओलीले बारा र पर्सामा भीषण आँधी हुरीले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आइतबार राती सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् ।
आइतबार साँझ आएको भीषण आँधी हुरीमा परेर बारा र पर्सामा ३० जनाको मृत्यु भएको छ भने ४ सयजना भन्दा बढी घाइते भएका छन् । यो संख्या बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्