उद्योगलाई पाँच रुपैयाँ युनिटमै बिजुली


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रलाई सहुलियत मूल्यमा विजुली दिने तयारी गरेको छ । उत्पादकत्व बढाउन औद्योगिक क्षेत्रलाई सहुलियत मूल्यमा विजुली दिन लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

प्राधिकरणले कलकारखानालाई पाँच रुपैयाँ युनिटमै बिजुली दिन लागेको हो । राति ११ बजेदेखि ४ बजेसम्म पाँच रुपैयाँ युनिटमै विजुली दिइने छ ।

अहिले औद्योगिक, व्यापारिक तथा गैरव्यापारिक ग्राहकले ११ रुपैयाँ ५० पैसासम्म महशुल तिर्दै गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्