उद्योगलाई प्रधान मानौँ, सरकार हातेमालो गर्न तयार छः मन्त्री यादव


भीमदत्तनगर, १४ असार । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योग सञ्चालनमा जोड दिन उद्योग÷व्यवसायीलाई आग्रह गरेका छन ।

आज कञ्चनपुरको भीमदत्तनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको २९औँ वार्षिक साधारणसभामा उद्योगमन्त्री यादवले उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाउन आग्रह गरे । “उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाएर आउनूस् सरकार हातेमालो गरेर जान तयार छ”, मन्त्री यादवले भने, “अब उत्पादनलाई जोड दिनुपर्ने बेला आएको छ ।”

हरेक प्रदेशमा सरकार उद्योग स्थापना गर्न अघि बढिरेहको बताउँदै उनले पर्याप्त उद्योग सञ्चालनमा आए युवाले स्वदेशमै रोजगारी पाउने धारणा राखे । “कृषि प्रधान देश भन्छौँ रोजगारी गर्न भारत र भारतबाट चामल आयात गरिरहेका छौँ”, मन्त्री यादवले भने, “अहिले सरकारले उत्पादन, कृषि र उद्योग लगायतलाई बजेटमा प्राथमिकतामा राखेको हो ।”

प्रतिक्रिया दिनुहोस्