उपचारका नाममा राज्यकोषबाट कुन विशिष्टले कति लिए ? (सबभन्दा बढी लिने १२ को नाम)


१४ भदौ । राज्यको विशिष्ट ओहोदामा पुगेका व्यक्तिहरुका लागि आजीवन सुविधाको व्यवस्था गरिनु र उनीहरुका लागि चाहेको ठाउँमा, चाहे जति खर्चमा उपचार गरिदिनु राज्यको दायित्व नै हो त ? के हाम्रा विशिष्ट व्यक्तिहरु आफ्नो स्वास्थ्य उपचार पनि गर्न नसक्ने कंगाल अवस्थामा छन् त ? भारत पुगेर स्वास्थ्य उपचार गराउँदा राज्यबाट १० लाख रुपियाँ लगेका पूर्वराष्ट्रपति डा. रामवशरण यादवलाई अमेरिका जान ६० लाख रकम दिने निर्णयसँगै यो प्रश्न उब्जिएको छ ।

list

राज्यकोषबाट नेताले पैसा लिएको यो नै पहिलो पटक चाहिँ होइन । यसअघि पनि तीब्र आलोचनाका बाबजुद नेताहरुले पटकपटक रकम लगेका छन् । पछिल्ला तीन वर्षको आर्थिक सहायताको विवरण मात्रै हेर्दा पनि करोडौँ रकम नेताहरुको उपचारका नाममा खर्च भएको छ ।

यी हुन् सबभन्दा बढी रकम लिने विशिष्टहरु

१. पूर्वप्रधानमन्त्री स्व. शुशील कोइराला १ करोड ९१ लाख ८१ हजार ३ सय ७३

२. पूर्वप्रधानमन्त्री केपी ओली १ करोड २६ लाख ३५ हजार १ सय ३७

३. पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साह ५० लाख ३९ हजार १ सय ७

४. पूर्वपरराष्ट्रमन्त्री चक्रप्रसाद बाँस्तोला ५० लाख

५. पूर्वसांसद स्व. रामनाथ ढकाल ३२ लाख १८ हजार ४ सय २१

६. पूर्वगृहमन्त्री गोविन्दराज जोशी २७ लाख ८० हजार

७. पूर्वप्रधानमन्त्री डा. तुलसी गिरी २५ लाख

८. पूर्वउपसभामुख पूर्णकुमारी सुवेदी २५ लाख

९. पूर्वपरराष्ट्रमन्त्री स्व. साहना प्रधान १३ लाख ६४ हजार ३ सय ६५

१०. पूर्वराज्यमन्त्री महेन्द्र यादव ७ लाख ८८ हजार १ सय ६५

११. पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द ५ लाख

१२. पूर्वअर्थमन्त्री रामशरण महत २ लाख ८३ हजार ८ सय ९७

प्रतिक्रिया दिनुहोस्