उपचार खर्च प्रधानमन्त्रीको आफैंले व्यहार्ने


 काठकाडौ, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचार गर्दा लाग्ने खर्च आफैले व्यहोर्ने भएका छन्। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले सिंगापुरमा उपचार गर्दा लाग्ने खर्च प्रधानमन्त्री आफैँले व्यहोर्ने बताएका छन् । उनका अनुसार भ्रमण टोलीका सदस्यहरुको टिकट खर्च र कर्मचारीको बाहेक अरु कसैको टीएडीए स्वीकृत गरिएको छैन । मन्त्री बास्कोटाका अनुसार मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गर्दै स्वास्थ्यलाभको कामना गरेको छ ।
प्रधानमन्त्री ओली शनिबार साँझ स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेका छन् । उनको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ र एक हप्तासम्म अस्पतालमै रहनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्