उपत्यकाका कोराना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी शुरु

काठमाडौं, २५ जेठ । उपत्यकामा पाँच जनालाई कोरोना (कोभिड–१९) सङ्क्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको छ ।
काठमाडौँमा चार र भक्तपुरमा एक गरी उपत्यकामा शनिबार पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौंका सङ्क्रमितमध्ये दुई पुरुष र दुई महिला छन् भने भक्तपुरमा एक पुरुषमा कोरोना देखिएको छ ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सङ्क्रमित बस्ने वडा, टोल, व्यक्तिगत सम्पर्कमा आएका व्यक्ति र आफन्तको विवरण लिने कार्य भइरहेको जानकारी दिए ।