उपत्यकामा एकैदिन थपिए २५४० संक्रमित

काठमाडौं,२२ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५४० कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८५ , ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनालाई कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या ३३ हजार ७७१ पुगेको छ।