उपत्यकामा थपिए साझाको २० बस


ललितपुर । साझा यातायातले २० वटा बस थप गरेको छ । ठेक्का प्रक्रियाबाट भारतबाट २० बस ल्याइएको छ ।

साझाका प्रबन्धक महेन्द्रराज पाण्डेयका अनुसार काठमाडौं महानगरको पाँच करोड र ललितपुर महानगरको एक करोडमा शेयरमा बस खरीद गरिएको हो । नयाँ बसका लागि नयाँ रुट तय गरिएको छ ।

२०१९ मा बस सेवा शुरू भएको साझा बस कुनै बेला निकै लोकप्रियता एक पटक डुबेको थियो । तर, २०७० वैशाखदेखि साझाले नयाँ बस खरीद गरी फेरि सञ्चालनमा ल्याएको हो । अहिले काठमाडौंको विभिन्न रुटमा साझाको बस सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्