उपत्यकामा थप १३४ जनामा संक्रमण


काठमाडौं,२७ साउन । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगलबार काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण भेटिएको छ। योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या १३१४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्