उपत्यकामा ४२ जनामा कोरोना संक्रमण


काठमाडौं, २६ असार। काठमाडौं उपत्यकामा शुक्रबार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

प्रतिक्रिया दिनुहोस्