उपाध्यय र पौडेलको एग्रिमो आयो, दुबै राजदूतमा नियुक्त


१३ कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले फिर्ता बोलाएका भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय फेरि राजदूत नियुक्त भएका छन् । उनको एग्रिमो आए लगत्तै उनी औपचारिक रुपमा राजदूत नियुक्त भएका हुन् । उनलाई शनिबार नै राष्ट्रपति विद्या भण्डारीले भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छिन् ।

कांग्रेसको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएपछि उपाध्यायलाई पुनः भारतका लागि नेपाली राजदूत सिफारिस गरेको थियो । त्यसैगरी चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौडेलको पनि शनिबार नै एग्रिमो आएको छ । उनलाई पनि राष्ट्रपति भण्डारीले चीनका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्