एआईजीको प्रतिस्पर्धामा रहेका पाँच डिआईजीको अवकाश


काठमाडौ, २९ असार । एआईजीमा प्रतिस्पर्धामा रहेका पाँच जना डिआईजीले शुक्रवारबाट अनिवार्य अवकाश पाएका छन । नेपाल प्रहरीको ३० वर्षे सेवा हदका कारण एआईजी बडुवाको प्रतिस्पर्धामा रहेका उनीहरुले अनिवार्य अवकाश पाएका हुन ।
एआईजी बढुवाको प्रतिष्पर्धामा रहेका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्दले ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन् । उनीहरुसहित अन्य ३ डिआईजी श्याम खड्का, प्रेम चन्द र रविन्द्र शर्माले पनि अवकाश पाउँदैछन् ।
डिआईजी पुष्कर कार्की, मनोज न्यौपाने, धिरु बस्नेत, ठूले राई र सुरेश विक्रम शाह लगायतका पाँच जना एआईजी बढुवाको प्रतिस्पर्धामा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्