एकताअघि माओवादीबाटै खोसियो नारायणकाजीको वरिष्ठ पद


काठमाडौं । नारायणकाजी श्रेष्ठ माओवादी केन्द्रका प्रभावशाली नेता हुन् । एमाले–माओवादीबीचको एकतामा श्रेष्ठले एमाले उपाध्यक्ष वामदेव गौतमले जस्तै समन्वयकारी सकृय भूमिका खेल्दै आएका छन् । तर, आगामी ९ वैशाखमा हुने भनिएको दुई पार्टीबीचको एकता घोषणासभा सम्पन्न नहुँदै श्रेष्ठलाई एकीकृत पार्टीमा कमजोर बनाउन माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निकट नेताहरुले खेल सुरु गरेका छन् ।

अध्यक्ष प्रचण्ड निकट वर्षमान पुन, जनाद्र्धन शर्मा, शक्ति बस्नेतलगायतका नेताहरु अहिल्यैदेखि श्रेष्ठलाई कमजोर बनाउने अभियानमा सकृय बनेका हुन् । नेकपा एकता केन्द्रका पूर्व महासचिव श्रेष्ठ अहिले माओवादीभित्र सानो समूहको प्रतिनिधित्व गर्ने भएकाले कमजोर भूमिकामा छन् । वतर्मान मन्त्रीपरिषद्मा उनी निकट गिरिराजमणी पोखरेल मात्र मन्त्री बनेका छन् भने लिलामणी पोखरेल पार्टीभित्र प्रभावशाली भूमिकामा छैनन् । उता, तत्कालीन जनर्मोचा नेपालका अध्यक्ष अमिक शेरचन लगभग राजनीतिबाट ‘रिटार्यड’ जस्तै छन् ।

नेकपा एकता केन्द्रका पूर्व महासचिव श्रेष्ठ अहिले माओवादीभित्र सानो समूहको प्रतिनिधित्व गर्ने भएकाले कमजोर भूमिकामा छन् । वतर्मान मन्त्रीपरिषद्मा उनी निकट गिरिराजमणी पोखरेल मात्र मन्त्री बनेका छन् भने लिलामणी पोखरेल पार्टीभित्र प्रभावशाली भूमिकामा छैनन् । उता, तत्कालीन जनर्मोचा नेपालका अध्यक्ष अमिक शेरचन लगभग राजनीतिबाट ‘रिटार्यड’ जस्तै छन् ।

संघीय संसदको निर्वाचनमा गोर्खामा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईसँग पराजित भए पनि एकतापछि बन्ने नेपाल कम्युनिष्ट पार्टीमा राजनीतिक हैसियत स्थापित गर्ने योजनामा रहेका श्रेष्ठलाई अहिल्यैदेखि वरिष्ठ नेता बन्न नदिने खेल सुरु भएको हो । श्रेष्ठ एकीकृत पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन लेखन कार्यदलमा रहेर माओवादीको तर्फबाट सकृय थिए । तर, अन्तरिम विधान कार्यदलले भने श्रेष्ठ वरिष्ठ नेता बन्न नसक्नेगरी अहिल्यैबाट बाटो बन्द गरिदिएको छ ।

कार्यदलका एक नेताका अनुसार विधानमा दुई पार्टी अध्यक्ष रहने व्यवस्थासहित उनीहरुको अधिकार क्षेत्र टुंगिएपछि वरिष्ठ नेताको पद राख्ने कि नराख्ने विषयमा छलफल भएको थियो । एमालेको नवौं महाधिवेशनले पारित गरेको विधानमा निवर्तमान अध्यक्ष वरिष्ठ नेताको हैसियतमा रहनेगरी व्यबस्था गरेको र अर्का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई केन्द्रीय कमिटीबाट तेस्रो वरियताको वरिष्ठ नेता बनाएका कारण एमालेतर्फका नेताहरुले त्यसलाई निरन्तरता दिनेगरी व्यबस्थापनका लागि विधानमा वरिष्ठ नेता राख्न प्रस्ताव गरेका थिए । तर, माओवादी तर्फबाट प्रतिनिधित्व गर्ने प्रचण्ड निकट नेता वर्षमान पुन, जनाद्र्धन शर्मालगायतले त्यसरी जाँदा माओवादीको तर्फबाट श्रेष्ठलाई पनि वरिष्ठ नेता बनाइनुपर्ने अबस्था आउने भएकाले त्यस्तो व्यबस्था गर्न अस्वीकार गरेका कारण प्रसंग बीचमै टुंगिएको थियो ।

तर, माओवादी तर्फबाट प्रतिनिधित्व गर्ने प्रचण्ड निकट नेता वर्षमान पुन, जनाद्र्धन शर्मालगायतले त्यसरी जाँदा माओवादीको तर्फबाट श्रेष्ठलाई पनि वरिष्ठ नेता बनाइनुपर्ने अबस्था आउने भएकाले त्यस्तो व्यबस्था गर्न अस्वीकार गरेका कारण प्रसंग बीचमै टुंगिएको थियो ।

‘पूर्व प्रधानमन्त्रीहरुलाई वरिष्ठ नेता बनाउने कुरामा सहमति छ तर त्यसो गर्दा हाम्रो तर्फबाट श्रेष्ठजीले पनि आफ्नो हैसियत खोज्न सक्नुहुन्छ, त्यसैले अहिलेलाई त्यस्तो केही पनि व्यबस्था नगरौं, पार्टी एकता भएपछि एकीकृत पार्टीको केन्द्रीय कमिटी बैठकबाटै यो विषय टुंगो लगाउँला’ पुन, शर्मालगायतका माओवादी नेताहरुको एउटै जवाफ थियो ।

यस्तो जवाफ आएपछि श्रेष्ठलाई माओवादी केन्द्रमा प्रचण्ड निकट नेताहरुले क्रान्तीमा बलिदान नगरेको भन्दै कति ‘हेय’का दृष्टिले हेर्दा रहेछन् भन्ने थाहा पाएर एमाले नेताहरु अचम्मित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्