एकताका नाममा सबै कुरामा सौदाबाजी हुन सक्दैनः पोखरेल


काठमाडौं, १० वैशाख । नेकपा एमाले केन्द्रीय स्कुल विभागले पार्टी शिक्षा माला प्रकाशन गरेको छ । प्रदेश नम्बर ५ का मुख्य मन्त्री तथा स्कुल विभागका उपप्रमुख शंकर पोखरेलले आईतबार उक्त पुस्तक पार्टी स्कुल विभाग तुल्सीलाल प्रतिष्ठानमा विमोचन गरे ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले केन्द्रीय सरकारले जसरी भए पनि संघियतालाई अधिकार प्राप्त हुने गरि कानुन, कर्मचारी र बजेट उपलब्ध गराउनु पर्ने र संघियताको स्थायित्वका लागि संघिय सरकारले जति सक्दो चाँडो निती, नियम र कानुन बनाउनुपर्नेमा जोड दिए ।
नेता पोखरेलले दुई ठुला कम्युनिष्ट पार्टीहरुका विचमा एकताका नाममा सबै कुरामा सौदाबाजी गर्दा नयाँ बन्ने पार्टीले सहि मार्ग र दिशालाई अगाडी बढाउन नसक्ने स्पष्ट पारे । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव इश्वरी रिजालले प्रकाशित पुस्तक स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीहरुका लागि अत्यन्तै उपयोगी रहेकाले पाठ्य सामग्री बनाएर आगामी दिनमा प्रशिक्षण कक्षाहरु संचालन गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्