एकतापछि पार्टीका केन्द्रीय सदस्यहरुले बालुवाटारमा लिए सपथ


ghosanasapatkaryakartaकाठमाडौं, ३ जेठ । एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले बालुवाटारमा सामुहिक सपथ खाएका छन् । एमाले र माओवादी एकतापछि वनेको नेकपाका केन्द्रिय नेता सबैले एकसाथ बालुवाटारमा सपथ लिएका हुन् । सुरुमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकाअर्कालाई सपथ गराएका थिए । सोसँगै एमाले र माओवादी केन्द्र औपचारिक रुपमा विघटन भएको छ । त्यसपछि दुई अध्यक्ष प्रचण्ड र केपी ओलीको बैठकले दुई पार्टीको सम्पत्ति नेकपाका नाममा सार्ने निर्णय पनि गरेको छ । दुई पार्टीको छिट्टै केन्द्रीय कमिटीको बैठक बलाइनेछ , पार्टीको राष्ट्रियसभागृहमा एकता घोषणा भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्